शिक्षा

सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने

इकागज |
जेठ १०, २०७९ मगलवार १८:४ बजे

काठमाडौँ - सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले शिक्षक दरबन्दीमा पुनरावलोकन गर्ने जनाएकी छन् ।

विज्ञान, गणित, अंग्रेजी र प्रविधि शिक्षकको अभाव नहुने गरी सामुदायिक विद्यालयमा शिक्षक र विद्यार्थीको अनुपातको आधारमा शिक्षक दरबन्दी पुनरावलोकन गरिने उनले उल्लेख गरेकी छन् ।


त्यस्तै, गुणस्तरीय शिक्षाको राष्ट्रिय मानक निर्धारण गर्ने विशिष्टीकृत नमुना विद्यालय सञ्चालनमा ल्याइने सरकारको नीति तथा कार्यक्रममा समावेश छ । 

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई परिमार्जन गरी शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार विकास र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिने उनले बताइन् ।


Author

थप समाचार
x