शिक्षा

समयमै पाठ्यपुस्तक दिन नसक्नु सरकारको गैरजिम्मेवारीपन : श्रेष्ठ

इकागज |
असार ७, २०७९ मंगलबार १६:३० बजे

फाइल तस्बिर

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता जीवनराम श्रेष्ठले विद्यालयहरूमा पाठ्यपुस्तक समयमा नै पुर्‍याउन नसक्ने सरकार गैरजिम्मेवार र असक्षमता भएको बताएका छन् । 

मंगलबार प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै नेता श्रेष्ठले ज्ञान आर्जन गर्ने पाठ्यपुस्तक नै विद्यालयहरूमा समयमा दिन नसक्नु सरकारको असक्षमता देखाएको बताएका हुन् । श्रेष्ठले सरकारले नीति तथा कार्यक्रम र बजेटबाट शिक्षालाई उच्च प्राथमिकता राखि गुणस्तरीय शिक्षा दिने कुरामा निरन्तर गरीरहेतापनि व्यवहारमा नभएको गुनासो गरे ।
 
उनले स्थानीय तहलाई माध्यमिक तहसम्मको विद्यालयको जिम्मेवारी दिए पनि शिक्षा ऐन नभएको कारण शिक्षामा गुणस्तर कम हुँदै गएको बताए । 
 



Author

थप समाचार
x