कर्णालीका विद्यार्थीलाई पोखरेलीको सहयोग
फाइल तस्बिर
पोखरा - पोखराका युवा विद्यार्थीहरूले कर्णालीका विद्यार्थीलाई पुस्तक सहयोग अभियान सुरु गरेका छन् । पूराना र नयाँ किताव किनेर उनीहरूले कर्णाली पठाउन लागेका हुन् । कक्षा १२ को परीक्षा सकेपछि उनीहरूले यस्तो अभियान सुरु गरेका हुन् ।
एजुकेट नेपाल नारा दिएर उनीहरूले अभियान सुरु गरेको सदस्य देव भुजेलले जानकारी दिए ।
५ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई किताब र कापी संकलन गरेर पठाउन लागिएको हो । विशेषगरी कालिकोट जिल्लाका विभिन्न पालिकामा रहेका विद्यालयमा पढ्ने विद्यार्थीलाई सहयोग गर्न लागिएको भुजेलले बताए । हालसम्म संकलित पुस्तक लिएर केही विद्यार्थी कालिकोटतर्फ गएका छन् ।
‘किताब नपाएर पढ्न नसकेको समाचार हामीले सुन्यौं,’ उनले भने, ‘हामीले आफ्नो कर्तब्य पूरा गरेका हौं ।’ किताब र कापीसँगै कपडा र नगद रकम समेत सहयोग जुटेको उनले बताए । संकलित सामग्री ढुवानीका लागि मात्रै १ लाख रुपैयाँ लाग्ने अर्का अभियानकर्ता कृष्ण पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया