शिक्षा

अब एमबीबीएस डाक्टर पढ्न ४६ लाख, नर्सिङलाई १० लाख

चिकित्सा शिक्षाका सबै तहमा र विधामा ३.६ प्रतिशतले वृद्धि

इकागज |
असार ३२, २०७९ शनिबार १६:३१ बजे

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाका सबै तह र विधामा शैक्षिक सत्र २०७८-७९ समुह (ब्याच)का लागि नयाँ शुल्क निर्धारण गरेको छ । गत जेठ १७ बसेको आयोगको निर्णय अनुसार चिकित्सा शिक्षाका सबै तहमा र विधामा ३.६ प्रतिशतले वृद्धि गरिएको उपसचिव मेघनाथ शर्माले जानकारी दिए । 

उपत्यका भित्र एमबीबीएस (डाक्टर) पढनका लागि ४१ लाख ६८ हजार ९० शुल्क निर्धारण गरिएको छ भने उपत्यका बाहिर डाक्टर पढ्न ४५ लाख ९५ हजार ७ सय २० शुल्क निर्धारण गरिएको छ ।


उता, नर्सिङ पढनका लागि १० लाख निर्धारण गरेको  आयोगले जनाएको छ ।


Author

थप समाचार
x