शिक्षा

१०८ छात्रछात्रालाई रुपन्देहीमा राष्ट्रिय सेवा दल तालिम

इकागज |
साउन १, २०७९ आइतबार १९:२५ बजे

भैरहवा - राष्ट्रिय सेवा दलको सि.स.४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मुल जग हो भन्ने आदर्श वाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो ।

रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागि भएको गरुण दल गण रुपन्देही बुटवलका गणपति रामकृष्ण श्रेष्ठले बताए ।  रुपन्देहीको सैनामैनाको श्री सैनामैना पर्रोहा परमेश्वर माबि, तिलोत्तमाको मणिग्राम स्थित श्री शान्ति नमुना माबि तथा भैरहवाको बृहष्पति माबिका छात्रछात्रा तालिममा सहभागी रहेका छन् ।


तालिममा रहेका तीन वटै विद्यालयका छात्रछात्रालाई उनीहरु अध्ययन रहेकै विद्यालयमा सस्थागत तालिम दिइनेछ । तालिम अवधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन हुने श्रेष्ठले उल्लेख गरे । तालिममा छात्रछात्राहरुलाई एफसी,बिसी, म्याप रिडिंग, बिपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल, साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने गणपति श्रेष्ठले बताए ।

तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुरयाउने उद्देश्यले नै राष्ट्रिय सेवा दल एनसिसि गठन भएको र अनुशासित नागरिक बनाउन मद्दत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने श्रेष्ठको भनाई छ । 

वृहस्पति विद्यालयमा भएको तालिमको उद्घाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले अहिले अनुशासनको कमि समाजमा देखिएको भन्दै समाजलाई अनुशासित बनाउन तालिमले मद्दत पुर्याउने र कुनै प्राकृतिक विपत्ति पर्दा उद्धारका लागि सहयोग हुने खालको यो तालिममा लगाव राखी सिक्नु पर्ने बताए ।

तालिममा वृहस्पति माविका बद्रि बिशाल गुप्ता,  लगायतले मन्तव्य राख्दै यो तालिम अतिनै महत्वपुर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाको  बनाउन मद्दत पुग्ने बताए । 

कार्यक्रममा रुपन्देही प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, रुपन्देही शशस्त्र प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक गगन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान बिभाग रुपन्देहीका प्रमुख यादब, डिफेन्स रिपोर्टर मनोरञ्जन शर्मा लगायतको उपस्थिति थियो । 

राष्ट्रिय सेवा दलले २०७० साल सम्म ५ सय ५ सय छात्रछात्रा गरी १ हजार जना तथा ०७१/७२ मा ६ सय जना , २०७२/७३ मा २००० जना, ७३/७४ मा ४ हजार जना, ७६/७७ मा ७७ सय जना र ०७८/७९मा ७७ सय गरी जम्मा ७९ हजार ३२ जना देशैभरका  छात्रछात्रालाई तालिम दिई दिक्षान्त गरीसकेको गरुणदल गणका जेष्ठ सेनानी सुरज रिमालले बताए । 


Author

थप समाचार
x