एसईईको रिजल्ट प्रकाशित भएपछि यसरी हेर्नुहोस्
काठमाडौँ- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले माध्यमिक शिक्षा परीक्षा (एसईई) को रिजल्ट केही दिनभित्रै प्रकाशित गर्ने तयारी गरेको छ । यही साता रिजल्ट प्रकाशित गर्ने बताइए पनि रुजु गर्ने काम नसकिएपछि केहि दिन पछि मात्रै एसईईको रिजल्ट प्रकाशित गर्ने जनाएको छ ।
रिजल्ट प्रकाशित भएपछि वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जनाएको छ । रिजल्ट प्रकाशित भएपछि एसएमएसबाट ३५००१, ३४९४९, ३१००३ र एसएमएस-आइभीआरबाट १६०० मा म्यासेज गरेर रिजल्ट हेर्न सकिन्छ ।
त्यस्तै www.see.gov.np, www.neb.gov.np, www.khalti.com, www.neemaacademy.com, www.theconnectplus.com, www.see.ntc.np, www.admissionnepal.com र www.ekantipur.com वेभसाइटबाट रिजल्ट रिजल्ट प्रकाशित भएपछि हेर्न सकिने बताइएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया