शिक्षा

एसईई नतिजा चित्त नबुझे साउन २७ गतेसम्म निवेदन दिन सकिने

इकागज |
साउन १३, २०७९ शुक्रबार ८:१३ बजे

काठमाडौँ - एसईईको नतिजामा चित्त नबुझे पुर्योगका लागि साउन २७ गतेसम्म निवेदन दिन सकिने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर्डकाअनुसार परीक्षामा सम्मिलीन परीक्षार्थीलाई आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे साउन २७ गतेसम्म पुनर्योगका लागि निवेदन दिन सकिने छ । 

निवेदन दस्तुर पाँच सय लाग्ने बोर्डले जनाएको छ । निवेदन साथ आफुले प्राप्त गरेको ग्रेड सिट र प्रवेश पत्र राख्नुपर्नेछ । 



Author

थप समाचार
x