शिक्षा

विश्वविद्यालयमा तालाबन्दी नगर्न सबैलाई शिक्षामन्त्रीकाे आग्रह

इकागज |
साउन २६, २०७९ १७:१९ बजे

फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न सरोकारवाला सबैलाई आग्रह गरेका छन् ।

बिहीबार काठमाडौँमा नेपाल प्राध्यापक सङ्घले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै शिक्षामन्त्री पौडेलले विश्वविद्यालयमा तालाबन्दी नगर्न आग्रह गरेका हुन् । उनले विश्वविद्यालयका पदाधिकारी, विद्यार्थी, कर्मचारी र प्राध्यापकहरूको मागको सम्बन्धमा वार्ता तथा सहमतिबाट हल खोज्नुपर्ने बताए ।


मन्त्री पौडेलले आंशिक, करार लगायतका प्राध्यापकहरूको समस्या समाधान गर्न प्रधानमन्त्रीसँग आग्रह पनि गरे । एक पटकका लागि प्राध्यापकहरूको समस्या समाधान गरेर आगामी दिनमा भने प्रतिस्पर्धाबाट मात्रै प्राध्यापक नियुक्ति गर्ने गरी अघि बढ्नुपर्ने उनको भनाइ छ ।

शिक्षामन्त्री पौडेलले विश्वविद्यालयहरूलाई क्यालेन्डर प्रणाली कडाइ पूर्वक लागू गर्न आग्रह गरे । शैक्षिक क्यालेन्डर अनुरुप समयमै परीक्षा हुनुपर्ने र समयमै नतिजा निस्किनुपर्ने उनले बताए । 

विश्वविद्यालय सुधार्ने जिम्मेवारी सरोकारवाला सबैको काँधमा रहेको भन्दै उनले सरकारको तर्फबाट गर्नुपर्ने काम गर्न तयार रहेको बताए ।



Author

थप समाचार
ad
x