शिक्षा

पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने नेविसंघको माग

इकागज |
साउन २९, २०७९ आइतबार १९:४९ बजे

काठमाडौँ - पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी संघ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले आज पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु संकायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्था गर्नुपर्ने र परीक्षा नियमावली, २०७० संशोधन तथा परिमार्जन गरी तत्काल कार्यान्वयन गरिनुपर्नेलगायतका माग गरेको छ । 
    
त्यसैगरी चक्रवर्ती हवि कलेजमा गरिएको चर्को मूल्यवृद्धि तत्काल फिर्ता गरी आवश्यक छानबिन गर्नुपर्ने पनि माग गरिएको छ । नेविसंघ पूर्वाञ्चल विश्वविद्यालयका कार्यवाहक अध्यक्ष विजय फुलाराले चर्को सम्बन्धन शुल्क मिनाहा गरिनुपर्ने र परीक्षा नतिजा तीन महिनाभित्र प्रकाशन गरिसक्नुपर्ने, परीक्षा फाराम अनलाइन प्रणालीबाट भर्ने व्यवस्था मिलाइनुपर्ने र पूर्वाञ्चल विश्वविद्यालयको सम्पर्क कार्यालय काठमाडौँमा राख्नुपर्ने माग गरे । 

उनले भने, “यी माग दुर्गम स्थानबाट ऋण खोजेर छोराछोरीलाई पढ्न पठाएका आमाबाबु र भविष्य बनाउन आएका विद्यार्थीको हितमा छ, विश्वविद्यालयले हजारौँ गरिबका छोराछोरीको भविष्य चकनाचुर पारिरहेको छ ।” 
 



Author

थप समाचार
x