शिक्षा

परीक्षार्थीले प्रश्नपत्र र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि...

इकागज |
साउन ३०, २०७९ १८:५३ बजे

सांकेतिक तस्बिर

काठमाडौँ- परीक्षार्थीले प्रश्नपत्रको र उत्तर पुस्तिकाको भिडियो बनाइ सामाजिक सञ्जालमा राखेपछि उनको परीक्षा रद्द गरिएको छ ।

शिक्षा सेवा आयोगले एक सूचना जारी गर्दै साउन २८ गते सञ्चालन भएको निमावि तहको अध्यापन अनुमतिपत्रको परीक्षामा सुदूरपश्चिम प्रदेश अन्तरगत कैलाली जिल्लाको केन्द्र नम्बर ७११ त्रिभुवन मावि ख केन्द्रका परीक्षार्थी विनोद कुमार बमको परीक्षा रद्द गरेको जानकारी दिएको छ । 


उनलाई आगामी दुई वर्षसम्म आयोगबाट सञ्चालन गरिने अध्यापन अनुमतिपत्रको परीक्षा लगायत कुनै पनि प्रतिस्पर्धात्मक परीक्षामा सहभागी हुन नपाउने गरी रोक लगाइएको सूचनामा जनाइएको छ । 



Author

थप समाचार
ad
x