शिक्षा

कक्षा १२ को नतिजा सार्वजनिक, कसरी हेर्ने ?

इकागज |
भदौ १७, २०७९ शुक्रबार १७:४० बजे

भक्तपुर- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ननग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरिएको बाेर्डले जनाएकाे छ ।

यसपटक पास हुन प्रयोगात्मकमा ४० प्रतिशत र सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा बढी अंक ल्याउनुपर्नेछ । त्योभन्दा कम ल्याउनेले पुनः परीक्षा दिनुपर्नेछ ।


४ लाख १० हजार ५० जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । देशभरका १ हजार २ सय ९२ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो ।

यसरी हेर्न सकिन्छ परीक्षाको नतिजा

कक्षा १२ को नतिजा सजिलैसँग प्राप्त गर्नको लागि लेन्डलाइन र मोबाइल बाट १६०१ डायल गरी निर्देशन अनुसार सम्बोल नम्बर थिच्नुहोस् वा एसएमएस बाट NEB टाइप गरी १६०१ मा पठाउनुहोस् । https://neb.ntc.net.np/ बाट पनि नतिजा हेर्न सकिन्छ ।


Author

थप समाचार
x