शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको सोचपत्र–२०७९ सार्वजनिक गरेको छ ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले शिक्षासम्बन्धी दिगो विकास लक्ष्यलाई समेत मध्येनजर गर्दै शिक्षामा आमूल परिवर्तन र समसामयिक सुधार गर्नका लागि तयार गरिएको सोचपत्र सार्वजनिक गरिएको हो । सोचपत्रमा शिक्षा नीतिले तोकेका १३ उद्देश्य समावेश गरिएको शिक्षामन्त्री देवेन्द्र पौडेलले जानकारी दिए ।
प्रारम्भिक बाल विकास, विद्यालय शिक्षा, उच्च र प्राविधिक शिक्षा, १५ वर्षमा गरिने रूपान्तरणको क्षेत्र र अपेक्षित उपलब्धि तथा सुधारका कार्यहरू सोचपत्रमा समावेश गरिएको मन्त्री पौडेलले बताए । उनले गत आर्थिक वर्षमा शिक्षा सेवा आयोगको नियमावली ११ औं संशोधन भएको, दश वर्षे विद्यालय शिक्षा क्षेत्र योजना स्वीकृत लगायतका काम भएको जानकारी दिए ।
भूकम्पबाट क्षति भएका ७ हजार ५ सय ८३ विद्यालयमध्ये थप ६६१ बिद्यालयको निर्माण कार्य सम्पन्न भइ हालसम्म कूल ७ हजार २ सय ७५ विद्यालयको पुनर्निर्माणको काम सम्पन्न भएको मन्त्री पौडेलले बताए । उनले करिब २७ हजार सार्वजनिक विद्यालयमध्ये १३ हजार विद्यालयहरूको भौतिक पूर्वाधारहरू तुलानात्मक रूपमा बनेको धारणा राखे । बाँकी विद्यालयको भौतिक पूर्वाधारहरू तीन वर्षभित्र निर्माण गरिने उनको भनाइ छ ।
उनले १० वर्षमा ११ प्रतिशत शिक्षण सिकाइमा प्रगति भएको बताए । त्यस्तै गत आर्थिक वर्षमा १ लाख १३ हजार विद्यार्थीलाई वैदेशिक अध्ययनका लागि सहमति पत्र उपलब्ध गराइएको र ९१ जना विद्यार्थीहरूलाई प्राविधिक विषयको उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया