शिक्षा

त्रिविका सबै क्याम्पस मंसिर १ देखि ५ गतेसम्म बिदा हुने

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार २१:२८ बजे

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनका कारण मंसिर १ देखि ५ गतेसम्म बिदा दिने भएको छ । त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाले सूचना जारी गर्दै मंसिर १, २ र ५ गते बिदा हुने जनाएको हाे ।

अधिकांश क्याम्पस र कार्यालयहरूमा निर्वाचनका लागि मतदान केन्द्र राखिएको र त्यहाँका कर्मचारीहरू निर्वाचन कर्मचारीको रूपमा खटिएका कारण पठनपाठन तथा दैनिक काम कारबाहीमा असर पुग्ने भएकाले बिदा दिर्ने निर्णय गरेको जनाएको छ ।


महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले बिदा दिने तोकिएको दिनहरूमा त्रिभुवन विश्वविद्यालयका सबै क्याम्पस/कार्यलयहरूमा विदा दिने निर्णय भएको बताए ।


Author

थप समाचार
x