शिक्षा

नेशनल कलेजले पहिलोपटक 'हल्ट प्राइज' आयोजना गर्ने

इकागज |
मंसिर १९, २०७९ सोमबार १५:५१ बजे

काठमाडौँ- धुम्बाराहीमा अवस्थित नेशनल कलेजले पहिलो पटक 'हल्ट प्राइज' आयोजना गर्ने घोषणा गरेको छ ।  हल्ट प्राइज हल्ट प्राइज फाउन्डेशनद्वारा हरेक वर्ष आयोजना गर्ने एउटा कार्यक्रम नेशनल कलेजले पहिलो पटक गर्ने घोषणा गरेको हो ।

यस कार्यक्रमले स्टार्ट-अप तथा उद्यमशीलतालाई प्रोत्साहन गर्ने गरेको छ । यो प्रतिस्पर्धा राष्ट्रिय संघ अन्तर्गत पर्दछ र यसको सहभागी विश्वविद्यालयका विद्यार्थीहरू रहेको कलेजले जनाएको छ ।  दिगो विकाससँग सम्बन्धित विषयहरूलाई उठाउँदै १२० वटा राष्ट्रियहरूमा आयोजना गरिन्छ ।


यस प्रतिस्पर्धा मार्फत विद्यार्थीहरूले आफ्नो उद्यमशील विचारहरूलाई देखाउने छन् । अन्य वर्ष जस्तै, यस वर्षको कार्यक्रमले ‘रिडीजाइनि‌‍ङ फेसन’ विषय रहेको छ  । यसका विजेताले १ मिलियन अमेरिकी डलर प्राप्त गर्ने छन् । 


Author

थप समाचार
x