शिक्षा

नेपाली विश्वविद्यालयका कार्यक्रम देशबाहिर पनि फैलाउनुस् : शिक्षामन्त्री पौडेल

इकागज |
पुस ६, २०७९ बुधबार १३:५५ बजे

काठमाडौं - काठमाडौं विश्वविधालयकाे अन्तर्राष्ट्रियकरण अभियानअन्तर्गत याेगिक साईन्स, हेल्थ मेनेजमेन्ट, हस्पिटालिटी मेनेजमेन्ट लगायतका कार्यक्रमहरू भारतीय शहरहरूमा संचालन गर्ने सम्भाव्यताका लागि सहकार्य गर्नेगरी आन्द्र प्रदेशकाे तिरुपतिस्थित श्री विश्वेश्वरा याेग रिसर्च ईन्ष्टिच्युटससँग लेटर अफ ईन्टेन्ड अर्थात् आसय पत्रमा हस्ताक्षर गरेका छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा केयुका सहकुलपति देवेन्द्र पाैडेल र उपकुलपति डा. भाेला थापाकाे उस्थितिमा तिरुपतिमा सहमति पत्रमा हस्ताक्षर भएकाे हाे ।

यसअघि साेमबार भारतकाे मद्रासस्थित आईआईटी र केयुले संयुक्त डिग्री दिनेगरी सुरु गरेकाे स्नातकोत्तर स्तरकाे एमटेक ईन ईनर्जि सिष्टम कार्यक्रमका विधार्थीलाई ईन्टर्नसिपलगायतका सुविधा उपलब्ध गराउने बारेकाे डिफिनिटिभ समझदारि पत्र हस्तान्तरण समारोहमा पनि मन्त्री तथा सहकुलपति पाैडेल उपस्थित थिए ।


आईआईटिसँगकाे सम्झाैतामा केयुका कार्यकारी परिषद्का सदस्य प्रा. विवेक बराल र तर्फबाट प्रा. रघुनाथन रंगस्वामिले गरेका थिए भने विश्वेश्वरा याेग रिसर्च ईन्ष्टिच्युटससँगकाे समझदारी पत्रमा केयुकाे अन्तराष्ट्रिय सम्बन्ध महाशाखाका प्रमुख डा.उध्दव प्याकुरेल र विश्वेश्वरा याेग रिसर्च ईन्ष्टिच्युटस कि सचिव डा. एन श्रीदेविकाे हस्ताक्षर छ ।

मन्त्री तथा सहकुलपति पाैडेलले नेपालका उच्च शिक्षाका कार्यक्रमहरू भारतलगायतका शहरमा विस्तार गर्ने पहल गर्न निर्देश गरेअनुसार यी सहमति र सम्झाैता भएका हुन् । उक्त अवसरमा संक्षिप्त मन्तव्य दिनै मन्त्री पाैडेलले यसरी कार्यक्रम विस्तार गर्दा आउनसक्ने चुनाैतिहरूकाे सहजीकरणमा सरकारले सहयाेग गर्ने बताए ।

गत आइतबारदेखि तमेलनाडु,आन्द्र प्रदेश तथा तेलङ्गानास्थित उच्च शिक्षामा कार्यरत शैक्षिक संस्थाहरूकाे एकहप्ते भ्रमणमा रहेकाे सहकुलपति नेतृत्वको केयु टिमले साेमबार नै चेन्नाईस्थित मद्रास डाईवेटिक रिसर्च सेन्टरसँग डाईवेटाेलाेटिमा सयुक्त विधावारिधि कार्यक्रम संचालनकाे सम्भावनाबारे छलफल गरेकाे थियाे भने आईआईटी हैदरावादमा पनि यस्तै कार्यक्रमका लागि छलफल गर्ने याेजना छ।


Author

थप समाचार
x