शिक्षा

शीतलहर बढेपछि महोत्तरीका ७ पालिकाका विद्यालय बन्द

इकागज |
पुस १८, २०७९ सोमबार २०:५९ बजे

महोत्तरी- बाक्लो हुस्सु र शीतलहर बढेपछि महोत्तरीमा सामुदायिक विद्यालय धमाधम बन्द हुन थालेका छन् ।

अत्यधिक जाडो बढेपछि जिल्लाको दक्षिणवर्ती क्षेत्रका स्थानीय तहले धमाधम बिदा दिन थालेका हुन् ।


अहिलेसम्म जिल्लामा ७ पालिकाका सामुदायिक विद्यालय बन्द गरिएको छ ।

 औरही नगरपालिका, रामगोपालपुर नगरपालिका, पिपरा गाउँपालिका, सोनामा गाउँपालिका, जलेस्वर नगरपालिका, लोहारपट्टी नगरपालिका, मनरासिस्वा नगरपालिका गरी ७ पालिकाहरूमा बिदा दिइएको जिल्ला शिक्षा समन्वय एकाइले जनाएको छ ।

सोमबारदेखि बढेको अत्यधिक चिसोलाई मध्यनजर गर्दै अन्य पालिकाहरूले पनि बिदाको तयारी गरेका छन् ।

 जिल्लाको मट्टिहानी नगरपालिकाले भने २० गतेबाट बिदा दिने त्यहाँको शिक्षा शाखाले जानकारी दिएकाे छ । न्युज कारखाना


Author

थप समाचार
x