शिक्षा

कृष्णपुरका विद्यालय चार दिन बन्द रहने

इकागज |
पुस २५, २०७९ सोमबार २१:२३ बजे

कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका विद्यालय चार दिन बन्द हुने भएका छन् । नगरपालिकाले सोमबार एक सूचना जारी गर्दै मौसम प्रतिकूलताका कारण पुस २६ देखि २९ सम्म बिदा दिने जनाएको हो ।

नगरपालिकामा कार्यरत उपसचिव विष्णुदत्त भट्टद्वारा जारी जारी सूचनामा शैक्षिक सत्रको संञ्चित जाडो बिदाबाट मिलान हुने गरी पालिका अन्तरगतका सबै विद्यालयहरूमा जाडो बिदा थप गर्ने निर्णय गरिएको उल्लेख छ । 


सूचनामा बिदा अवधिमा विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल प्रभाव नपर्ने अवस्था रहेमा विद्यालयहरूले अतिरिक्त कक्षा तथा अतिरिक्त क्रियाकलाप संचालन गर्न सकिने उल्लेख छ ।


Author

थप समाचार
x