शिक्षा

केयुको हल्ट प्राइजको फाइनल आइतबार

इकागज |
फागुन १२, २०७९ शुक्रबार १६:४२ बजे

काठमाडौँ- काठमाडौँ विश्वविद्यालय अन्तर्गतको हल्ट प्राइजको फाइनल आइतबार हुने भएको छ । फाइनल काठमाडौँ विश्वविद्यालय, धुलिखेलमा हुने आयोजक हल्ट प्राइजले जनाएको छ ।

फाइनलमा टिम रेभाइब, टिम इको एम्स, टिम बाम्बी, टिम ३०३ र टिम उपयोगीले प्रतिस्पर्धा गर्ने भएका छन् ।


फेब्रुअरी १९ मा आईईसी कलेज अफ आर्ट एण्ड फेसन, मण्डिकाटारमा भएको सेमिफाइनलबाट टिम रेभाइब, टिम इको एम्स, टिम बाम्बी, टिम ३०३ र टिम उपयोगी फाइनलमा प्रवेश गरेका छन् ।


Author

थप समाचार
x