एसईई परीक्षा नहुँदा दुई करोड २० लाख बढी क्षति
राष्ट्रिय परीक्षा बोर्डले प्रश्नपत्र धुल्याएन
काठमाडौँ- कोभिड-१९ महामारीमा एसीईई परीक्षाको नहुँदा दुई करोड २० लाख ५७ हजार रुपैयाँ क्षति भएको छ । कक्षा १० को नियमित र पूरक परीक्षा गर्न ५० लाख ७० हजार प्रश्नपत्र तयार भएको थियो ।
प्रतिप्रश्न तीन रुपैयाँ ८५ पैसाका दरले छपाइ र प्याकिङसमेत भएको थियो । जनक शिक्षा सामग्रीसँग उक्त रकम बराबरको सम्झौता भएको थियो । मन्त्रीपरिषद्ले कोभिडका कारण परीक्षा नहुने घोषणा गरेको थियो ।
भौतिक रुपमा परीक्षा नगरी आन्तरिक रुपमा मूल्यांकन गर्ने निर्णय भएको थियो । आन्तरिक मूल्यांकन भएकाले उक्त प्रश्नपत्र प्रयोगविहीन भएको छ । राष्ट्रिय परीक्षा बोर्डले उक्त प्रश्नपत्र गत वर्षको मङ्सिर १४ गते धुल्याउने निर्णय गरे पनि अहिलेसम्म नधुल्याएको महालेखा परीक्षणको कार्यालयले जनाएको छ ।
त्यसैगरी करिब ९७ लाख विद्यार्थी विद्यालय तथा विश्वविद्यालय जानबाट वञ्चित भएका छन् । महालेखापरीक्षणको प्रतिवेदनअनुसार कोभिड महामारी सुरु भएपछि विद्यालय, कलेज तथा विश्विद्यालय बन्द भएका कारण ९७ लाख विद्यार्थीको पठनपाठन अवरुद्ध भएको थियो ।
प्रतिवेदनकाअनुसार महामारीकै कारण विद्यालय, कलेज तथा विश्वविद्यालयको कलेज पढाइ अवरुद्ध भएको छ । विभिन्न तहका परीक्षा सञ्चालनसमेत हुन सकेको छैन । कतिपय विद्यालय र विश्वविद्यालयले वैकल्पिक माध्यमबाट परीक्षा र कक्षासमेत सञ्चालन भएका छन् ।
महामारीको प्रभावलाई न्यून पारी शैक्षिक गतिविधिलाई अघि बढाउन सकेको छैन । अधिकांश विद्यार्थीहरू घरमा बसेर स्वअध्ययनमा छन् । तर, बालबालिकाको शैक्षिक गतिविधिमा ठूलो असर पर्ने देखिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया