शिक्षा

अन्तराष्ट्रिय विधार्थी आकर्षण गर्ने तयारीमा काठमाडौँ विश्वविधालय

इकागज |
असोज २४, २०७८ आइतबार ८:३८ बजे

काठमाडौँ - नयाँ नेतृत्वको आएसँगै काठमाडौँ विश्वविधालय अब अन्तराष्ट्रिय विधार्थी आकर्षण गर्ने तयारीमा लागेको छ । विगत ३ दशकमा विश्वविधालयबट दिक्षीत हुनेमध्ये करिब १३ प्रतिशत विदेशी विद्यार्थी रहेका कारण विश्वविधालयले सो तयारी गरेको हो ।

हालसम्म दक्षिण एशियाका देशवाहेक अमेरिका, क्यानाडा, बेलायत, जर्मनी, नर्बे, रसियासहित ४६ देशका विधार्थी विश्वविधालयबाट दिक्षीत भएका छन् । विदेशि विधार्थीमध्ये नेपाल भन्दा धेरै टाढा रहेका जाम्बियाका १८ जना दक्षिण अफ्रिकाका १४ जनालेसमेत काठमाण्डौ विश्वविधालयलाई आफ्नो उच्च शिक्षाको गन्तब्य छानेका कारण नेपालले चाहँदा अन्तराष्ट्रिय विधार्थिहरूको आकर्षक गन्तब्य रहने देखिएको र त्यसकालागि काठमाण्डौ विश्वविधालयले थप पहल शुरु गरेको काठमाण्डौ विश्वविधालयका अधिकारीहरू बताउँछन् ।


उक्त उदेश्य पुरा गर्न विश्वविधालयले सर्व प्रथम आफूलाई शिक्षणका साथसाथै अनुसन्धान केन्द्रित संस्थाका रूपमा बदल्न चाहेको कुरा हालै उक्त विश्वविधालयले गरेको हरेक प्राध्यापक र सह–प्राध्यापक अन्तर्गत कम्तिमा एक जना रिसर्च फेलो राख्न प्रोत्साहित गर्ने निर्णयले दर्शाउँछ । उक्त निर्णय कार्यन्वयन भइरहँदा अब काठमाण्डौ विश्वविधालयमा रहेका एकसय पचास भन्दा बढी  प्राध्यापक र सह–प्राध्यापक अन्तर्गत सोही संख्यामा रहने रिसर्च फेलोहरूले आफ्ना विषयगत अनुसन्धानलाई अगाडि बढाउने अवसर मिल्ने देखिन्छ । त्यहाँ एमफिल, पिएचडी वा अनुसन्धानमा आधारित स्नातकोत्तर तहमा भर्ना भइ अध्ययन गरिरहेका विधार्थी नै रिसर्च फेलो नियुक्तिको मापदण्ड हुने र ति फेलोहरूलाई प्रोत्साहन स्परुप निजहरूले विश्वविधालयलाई तिर्न पर्ने शुल्क मिनाह गर्ने गरी व्यवस्था गरेको पाइन्छ । 


Author

थप समाचार
x