शिक्षा

सुर्खेतमै थन्कियो हुम्लाका दृष्टिविहीनको पाठ्सामग्री

इकागज |
असोज २५, २०७८ सोमवार १५:५२ बजे

सुर्खेत - हुम्लाका दृष्टिविहीन विद्यार्थीलाई पाठ्यसामग्री अभाव भएको छ । ढुवानी हुन नसक्दा हुम्लाका लागि ल्याइएको पाठ्यसामाग्री तीन महिनादेखि सुर्खेतमा थन्किएको छ । जसका कारण दृष्ट्रिविहीन बालवालिका पढाईबाट वञ्चित भएका छन् ।

सरकारले पाठ्यसामाग्रीको व्यवस्था गरेतापनि ढुवानीको व्यवस्था नगर्दा दुर्गम जिल्लामा पठाउन समस्या भएको सुर्खेत नेत्रहिन संघले जनाएको छ । हुम्लामा १५ जनाको लागि आएको ब्रेललिपिलगायतका पाठ्सामाग्री ढुवानी गरेर पठाउन नसकेका कारण सुर्खेतमा थन्किएको सुर्खेत नेत्रहिन संघका अध्यक्ष तोरण अधिकारीले जानकारी दिए । ‘नेपाल सरकारले खरिद गरेका पाठ्यसामाग्री सुर्खेतमै थन्किएको छ’ उनले भने, ‘हवाइमार्गबाट पठाउनुपर्ने भएकाले ढुवानी भाँडाको अभावमा सामाग्री पठाउन सकिएको छैन ।’ 


हुम्लाका देष्ट्रिविहीन बालबालिकाले फोन गरेर पाठ्यसामाग्री पठाउन अनुरोध गरेपनि पठाउन नसकेको उनले बताए । ‘गत वर्ष पनि विभिन्न सहयोगी निकायलाई हारगुहार गरेपछि मात्र सामान पठाएका थियौ तर, सधैभरी सहयोगी निकाय धाउन पनि त सकिन्न ।’

१४ बोरा ब्रेललिपिका सामाग्रीहरु थन्किएको सुर्खेत नेत्रहिन संघका कार्यक्रम संयोजक रविन्द्रकुमार चन्दले बताए । वर्षेनी सुर्खेतसम्म आएका पाठ्यसामाग्रीहरु यही थन्किने समस्या खेपिरहेको उनले बताए । दृष्ट्रिविहीन बालवालिकाको लागि सुर्खेत र हुम्लामा ब्रेललिपिका माध्यमद्धारा पठनपाठन हुन्छ । 

कर्णालीभर दृष्ट्रिविहीनको एकीन तथ्यांक नभएपनि न्यून दृष्टिविहीनसहित करिब १० हजारको संख्यामा हुन सक्ने चन्दले बताए ।  
 


Author

थप समाचार
x