शिक्षा

त्रिविका पूर्व परीक्षा नियन्त्रक श्रेष्ठको निधन, प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

इकागज |
असोज ३०, २०७८ १५:२१ बजे

फाइल फोटो

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका पूर्वपरीक्षा नियन्त्रक एवं पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका पूर्वाध्यक्ष प्रा. बद्रिनाथ श्रेष्ठको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ‘ट्विटर’मार्फत प्रा. श्रेष्ठको निधनको खवरले आफू अत्यन्तै मर्माहित भएको बताएका छन् । साथै प्रधानमन्त्रीले यस दुःखद घडीमा दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गरेका हुन् । रासस 




Author

थप समाचार