शिक्षा

शिक्षाका समस्या सुल्झाउँदै जाने मन्त्री पौडेलको प्रतिबद्धता

इकागज |
कात्तिक १०, २०७८ बुधवार १६:१५ बजे

भक्तपुर- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षाका समस्यालाई सुल्झाउँदै जानुपर्ने बताएका छन् । संस्थागत विद्यालय अभिभावक संघका पदाधिकारीसँगको भेटमा उनले यस्तो बताएका हुन् । 

मन्त्री पौडेलले शिक्षाका समस्या, गुनासो महासंघबाटै एकै पटक आएर छलफल गर्दा उपयुक्त हुने बताए । उनले शिक्षाको विकासमा सबै लाग्नुपर्नेमा पनि जोड दिए । सो अवसरमा संस्थागत विद्यालय अभिभावक संघका अध्यक्ष सुवास भण्डारीले मन्त्री पौडेललाई संघले प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्मका समन्वय, समझदारी र सहयोगी भूमिका राख्दै निजी विद्यायका अभिभावकको समस्या समाधानको लागि कार्य गर्दै आएको जानकारी गराए ।  
    
संघीय, प्रदेश र स्थानीय तहसम्म संस्थागत विद्यालय अभिभावक संघलाई सहभागी गराई शिक्षाका नीति निर्माण, शुल्क निर्धारण, विद्यालय अनुगमन, पाठ्यक्रम विकास र कानून निर्माणमा सहभागी गराउन आग्रह गरे । उनले निःशुल्क शिक्षा भने पनि विभिन्न शीर्षकमा शुल्क लिइरहेको जानकारी गराए ।  


कार्यक्रममा संघका उपाध्यक्ष कोषबहादुर जिसीले अभिभावक संघको सहभागितामा शुल्क निर्धारण हुने व्यवस्था गर्नुपर्ने, विद्यालय वर्गीकरण,  अनुगमनमासमेत अभिभावकको प्रतिनिधि हुने गरी नीतिगत रुपमा व्यवस्था नहुँदा समस्या आएको मन्त्री पौडेललाई जानकारी गराए । 

रासस


Author

थप समाचार
x