शिक्षा

क्लब हाउसले थप्यो नयाँ फिचर

इकागज |
कात्तिक १९, २०७८ शुक्रबार १७:५१ बजे

काठमाडौँ - सार्वजनिक भएको केही समयमै लोकप्रिय हुन सफल एप क्लबहाउसले नयाँ फिचर थप गरेको छ । क्लब हाउसले विश्वका प्रयोगकर्तामैत्री बनाउन थप १३ वटा नयाँ भाषा थप गरेको छ ।

अव क्लबहाउस एपमा थप १३ नयाँ भाषाहरू हिन्दी, कन्नड, मलयालम, तमिल, तेलुगु, फ्रेन्च, जर्मन, इन्डोनेसियाली, जापानी, कोरियाली, इटालियन, पोर्तुगाली (ब्राजिल) र स्पेनिश थपिएको छ ।


हाल एन्ड्रोइड प्रयोगकर्तमाझ मात्र उपलब्ध नयाँ भाषा केही समयमा आइओएस प्रयोगकर्तामाझ पनि उपलब्ध हुनेछ । क्लबहाउसमा प्रयोगकर्ताहरू कुराकानी तथा च्याट गर्न सक्छन् । क्लबहाउसले प्रयोगकर्ताहरूलाई पहिला गरिएका कुराकानी रिप्ले गरेर समेत सुन्न फिचर परिक्षणमा रहेको जनाएको छ । परीक्षण पश्चात यो फिचर सबै प्रयोगकर्तामाझ उपलब्ध हुनेछ ।


Author

थप समाचार
x