शिक्षा

विन्डोजको लागि ह्वाट्सएपको नयाँ भर्सन

इकागज |
मंसिर ५, २०७८ आइतबार १४:३३ बजे

काठमाडौँ- मोबाइल एप ह्वाट्सएपले माइक्रोसफ्ट विन्डोजको लागि नयाँ बेटा भर्सन सार्वजनिक गरेको छ । यसअघि ल्याएको ह्वाट्सएपको विन्डाेज ११ भर्सनमा फेला परेका विभिन्न कमजोरीलाई समाधान गर्दै कम्पनीले नयाँ भर्सन उपलब्ध गराएको हो ।

विन्डोज यस भर्सन प्रयोगकर्ताले माइक्रोसफ्ट स्टोरबाट डाउनलोड गर्न सक्नेछन् । ह्वाट्सएपको पुरानो विन्डाेजमा उपलब्ध गराउँदै आएको एपमै परिवर्तन गरेर विन्डाेज ११ का लागि यूडब्लूपी भर्सन उपलब्ध गराएको हो । यूडब्लूपीमा आधारित नयाँ भर्सनको एपको फ्रन्टइन आकर्षक बनाइएको छ ।


साथै नयाँ भर्सनमा ‘मल्टिडिभाइस सपोर्ट’समेत उपलब्ध छ । यसका साथै ह्वाट्सएपमा भिडियो कलिङमा समेत नयाँ अनुभव लिन सकिने जनाइएको छ । त्यस्तै यसको नोटिफिकेशन सिस्टमा समेत फरक रहेको कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x