शिक्षा

सीइओ फेरिएसँगै ट्वीटरमा व्यक्तिगत फोटो तथा भिडियो सेयर प्रतिबन्ध

इकागज |
मंसिर १५, २०७८ बुधबार १६:२५ बजे

काठमाडौँ - ट्वीटरमा सीइओ फेरिएसँगै नयाँ नियम लागू भएको छ। अब ट्वीटरमा काेही पनि व्यक्तिको  फोटो तथा भिडियो सेयर गर्न प्रतिबन्ध लगाएको छ ।

संस्थापक सिइयो ज्याक डोर्सीले सिइयो पदबाट राजीनामा दिएपछि नयाँ सिइयो बनेका भारतीय मूलका पराग अग्रवाल बहाली भएसँगै नयाँ गोपनियताको नियम ल्याएको हो । सहमतिबिना कसैको तस्बिर ट्विट गर्दा उनीहरूको गोपनीयता हनन हुन सक्ने र सम्भावित रूपमा उनीहरूलाई हानि पुर्‍याउन सक्ने भन्दै ट्वीटरले जारी गरेको पोस्टमा जनाएको छ ।


ट्विटर सेफ्टी टोलीले एक पोस्ट गर्दे भनेको छ, 'निजी फोटो तथा भिडियो सेयर गर्दा व्यक्तिको जिवनमा प्रभावित पार्न सक्ने हुन्छ, यसले महिला, कार्यकर्ता, असन्तुष्ट र अल्पसंख्यक समुदायका सदस्यहरूमा नकारात्मक प्रभाव पार्न सक्छ।'

यदि कसैले कुनै व्यक्तिको निजि फोटो वा भिडियो सहमति बिना सेयर गरेमा त्यस्ता फोटो तथा भिडियो ट्वीटरले हटाउने छ । सेयर गरिएका फोटो तथा भिडियोमा रिपोर्ट परेको खण्डमा ट्वीटरले तुरुन्तै एक्सन लिने जनाएको छ ।  यदि प्रयोगकर्ताले सो कार्य दोर्हाएमा ट्वीटरले अकाउन्टलाई सधैको लागि हटाउन सक्नेसमेत जानकारी दिइएको छ । 

 


Author

थप समाचार
x