शिक्षा

त्रिविमा करार उपप्राध्यापकलाई स्थायी गर्ने निर्णय फिर्ता गर्न माग

इकागज |
मंसिर १६, २०७८ बिहीबार २१:१ बजे

फाइल फोटो

काठमाडौँ - अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयमा करारमा कार्यरत उपप्राध्यापकलाई आन्तरिक प्रतिस्पर्धा गरेर स्थायी गर्ने निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ । अनेरास्ववियुले उक्त निर्णय तत्काल फिर्ता गरी खुला प्रतिस्पर्धाबाट आवश्यक दरबन्दीको पदपूर्ति गर्न सरकार समक्ष माग गरेको हो ।

अनेरास्ववियुका अध्यक्ष सुनिता बरालले आज विज्ञप्ति जारी गर्दै विश्वविद्यालय शिक्षाको महत्वपूर्ण अङ्गका रूपमा रहेको शिक्षण र अनुसन्धानलाई थप प्रभावकारी बनाउन सक्षम र दक्ष प्राध्याापकको आवश्यता पर्ने हुँदा आवश्यकताका आधारमा खुला प्रतिस्पर्थाबाट छनोट गरिनुपर्ने बताइएको छ ।    


विश्वविद्यालयलाई प्राज्ञिक थलो बनाउन पनि विज्ञप्तिमार्फत सरोकारवाला सबैसँग माग गरिएको छ । उक्त निर्णयको विरोधस्वरूप भोलि देशभरका आङ्गीक क्याम्पसमा प्रमुखमार्फत कुलपति, सहकुलपति र उपकुलपतिलाई ज्ञापनपत्र बुझाउने कायक्रम रहेको पनि जानकारी गराइएको छ । रासस 
 


Author

थप समाचार
x