शिक्षा

आज कक्षा १२ को नतिजा प्रकाशन गर्न परीक्षा बोर्डको तयारी

इकागज |
मंसिर १७, २०७८ शुक्रवार ९:५ बजे

काठमाडौँ- कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।

बोर्डको निर्णयपछि नतिजा सार्वजनिक हुनेछ ।


गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।


Author

थप समाचार
x