शिक्षा

रामेछापको एक विद्यालयमा शिक्षामन्त्री पुग्दा शिक्षक नै भेटिएनन्..

इकागज |
मंसिर २०, २०७८ सोमबार ८:२३ बजे

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले रामेछापको एक विद्यालयमा निरीक्षण गरेका छन् । आइतबार शिक्षा मन्त्री पौडेल जिल्लाको तिल्पुङ्गस्थित नव दर्शन उच्च माध्यमिक विद्यालयको निरीक्षणमा गएका थिए । निरीक्षणका क्रममा विद्यालयमा शिक्षक नै नभेटिएको बताए। 

शिक्षामन्त्री विद्यालयमा पुग्दा केही शिक्षकहरू नै थिएनन् । विद्यार्थीहरू चौरमा खेली रहेका थिए । विद्यालयका प्रधानाध्यापकले शिक्षकहरू बिदामा बसेको जानकारी दिएका थिए । तर विद्यार्थीहरूले भने शिक्षकहरू राजनीतिक पार्टीको बैठकमा गएकाले पढाई प्रभावित भएको गुनासो गरे ।


मन्त्री पौडेलले विद्यार्थीहरुसँग केही समय बिताएका थिए । त्यस क्रममा विद्यार्थीहरूले मन्त्रीसामु शिक्षकहरू नियमित विद्यालय नआउँदा पढाई निरन्तर प्रभावित भएको बताएका थिए । उनीहरूले पढाई नियमित हुनु पर्ने माग समेत गरेका छन् । शिक्षकले आफूहरूको भविष्यमाथि लाहपरवाही गरेको विद्यार्थीको गुनासो छ । शिक्षा मन्त्री पौडेलले विद्यालयका प्रधानाध्यापकलाई शिक्षकहरूको व्यवस्थापन सहि ढङ्गले गर्न र विद्यार्थीको पढाइ प्रभावित हुने गरी कुनै पनि काम नगर्न निर्देशन दिएका थिए । 


Author

थप समाचार
x