शिक्षा

त्रिविद्वारा सबै परीक्षा स्थगित

इकागज |
माघ ६, २०७८ बिहिवार १६:३८ बजे

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित वार्षिक तथा समेष्टर प्रणालीका सम्पूर्ण परीक्षाहरु स्थागित गरेको छ।

बिहीबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले कोरोना भाइरसको तेस्राे लहर सुरु भएसँगै ओमिक्राेन भेरियन्ट तीव्र रुपले फैलिरहेकाेले परीक्षा सञ्चालन गर्न सकिने अवस्था नरहेको भन्दै सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय गरेको हो। बैठकले माघ ९ गतेदेखि परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको हो ।


शुक्रबार र शनिबार (भोलि र पर्सि) हुने प्रवेश परीक्षा भने यथावत रहने छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार भोलि र पर्सिको इन्ट्रान्स परीक्षा हुन्छ । उनले भने, 'त्यसपछिका परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गर्ने निर्णय गरेका छौं ।’


Author

थप समाचार
x