शिक्षा

विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गर्ने छात्रवृत्तिमा आवेदन दिन पाउनुपर्ने माग

इकागज |
माघ ९, २०७८ आइतबार १३:३७ बजे

काठमाडौँ - नेपाल संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शोधार्थीहरूले विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन माग गरेका छन् । विश्वविद्यालय अनुदान आयोगमा संस्कृत विश्वविद्यालयमा विद्यावारिधि गरिरहेका शोधार्थीहरूले आवेदन पेश गर्न जाँदा आयोगका कर्मचारीहरूद्वारा विद्वतवृत्ति प्राप्त गर्न नसक्ने र हासिल गरेको विद्यावारिधि पनि मान्य नहुने जस्ता अभिव्यक्तिहरू आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै विश्वविद्यालय अनुदान आयोगमा विद्वत वृत्तिका लागि आवेदन दिने व्यवस्था मिलाउन माग गरेका हुन् । 

उनीहरूले आफूहरूले प्राप्त गर्ने विद्यावारिधि अन्य विश्वविद्यालयद्वारा प्रदान गरिने विद्यावारिधि सरह मान्यता प्रदान गर्ने व्यवस्था सुनिश्चित गर्न माग गरेका छन् । नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डी, दाङ समक्ष तीन बुँदे माग राख्दै उनीहरूले  पाँच दिनभित्र आफूहरूका माग पूरा गर्न अल्टिमेटम दिएका छन् । पाँच दिनमा माग पूरा नभए चरणबद्द रूपमा आन्दोलनका अन्य कार्यक्रमहरू समेत गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनीहरूले तीन बुँदे माग शिक्षा मन्त्रालय, काठमाडौ र विश्वविद्यालय अनुदान आयोग, सानोठिमी, भक्तपुरमा बोधार्थ पठाएका छन् ।  



Author

थप समाचार
x