शिक्षा

कागज आयात मापदण्ड मुताबिक : जनक शिक्षा

इकागज |
माघ ९, २०७८ आइतबार १३:५८ बजे

काठमाडौं - जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले टेण्डर गरी झिकाएको कागजको गुणस्तर मापदण्डमुताबिक नै रहेको दाबी गरेको छ । 

केन्द्रले विज्ञप्ति जारी गरी भारतको औद्योगिक संस्थान रुड्की, सहारानपुर, उत्तर प्रदेशमा पठाइएको परीक्षणको रिपोर्टमा कागजको चम्किलोपना (ब्राइटनेस) ९२.२प्रतिशत रहेको र अन्य सबै प्यारामिटरहरु केन्द्रको स्पेसिफिकेशनअनुसार नै रहेको जनाएको छ । 


‘उक्त परीक्षण रिपोर्टको हेडिङलाई काटछाँट गरी ६ वटा प्यारामिटरहरु मात्र परीक्षण गरेको अन्य कागजको ८५.२ प्रतिशत ब्राइटनेश भएको रिपोर्ट राखी गलत र भ्रमित गर्ने परीक्षण रिपोर्ट राखी समाचार प्रकाशित भएकोले यथार्थ, वास्तविक र सत्यतथ्य जानकारीका यस केन्द्र अनुरोध गर्दछ,’ विज्ञप्तिमा छ । 

केन्द्रले ६ हजार मेट्रिक टन वुड फ्रि पेपर खरिद गर्न गत साउन ४ गते बोलपत्र प्रकाशित गरेको थियो । उक्त बोलपत्रमा उल्लिखित शर्त पूरा गर्न नसकेको भन्दै केन्द्रले पुनः टेण्डर आव्हान गरेको थियो । दोस्रो टेण्डरपछि झिकाइएका कागजको परीक्षण रिपोर्टमा चम्किलोपना ८५.२ प्रतिशत मात्र भएको तथ्य इकागजले प्रकाशित गरेको थियो ।


 


Author

थप समाचार
x