शिक्षा

शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच भयो सहमति

इकागज |
फागुन ९, २०७८ सोमबार २०:२२ बजे

काठमाडौं– शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच ५१ बुँदे प्रतिवेदन कार्यान्वयन गर्ने सहमति भएको छ।
शिक्षा मन्त्रालय र नेपाल शिक्षक महासंघबीच शिक्षा तथा मानव स्रोत बिकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलको संयोजकत्वमा गठित कार्यदलले पेश गरेको प्रतिवेदन कार्यान्वयनमा लैजाने सहमति भएको  हो । 

विभिन्न समयमा मन्त्रालय र महासंघबीच भएका सहमति तथा समझदारी र महासंघले २०७८ वैशाख २० गते बुझाएको ३४ बुँदे मागका सम्बन्धनमा अध्ययन गर्न २०७८ कातिक २८ गते पौडेलको संयोजकत्वमा कार्यदल गठन भएको थियो।सो कार्यदलले मागको विषय, वर्तमान अवस्था र गर्नुपर्ने कामहरुको कार्यसूचीसहित ५१ बुँदे प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको थियो। सहमतिपछि शिक्षामन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रलाई सुधार्ने सवैको साझा संकल्प रहेको बताए । उनले राजनीतिका कारण अव शिक्षा नविग्रने स्पष्ट पारे। उनले प्रतिवेदनलाई कानूनसम्मत ढंगले लागू गर्ने कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए।


त्यस्तै महासंघका अध्यक्ष कमला देवी तुलाधरले प्रतिवेदन कार्यान्वयनलाई सरकारले समयमा नै कार्यान्वयन गर्ने विश्वास व्यक्त गरे । उनले प्रतिवेदन कार्यान्वयन भएपछि मात्रै शिक्षक र कर्मचारीले राहत महशुस गर्ने धारणा राखे।

सहमतिपत्रमा मन्त्रालयका तर्फबाट शिक्षामन्त्री देवेन्द्र पौडेल, सचिव यादवप्रसाद कोइराला र सहसचिव दीपक शर्माले हस्ताक्षर गरेका छन भने महासंघका तर्फबाट अध्यक्ष कमलादेवी तुलाधर, सहअध्यक्ष पूर्णप्रसाद दवाडी, उपाध्यक्ष टीकादेवी राई र उपाध्यक्ष तिलक कुँवरको हस्ताक्षर गरेका छन्।


Author

थप समाचार
x