शिक्षा

युक्रेनमा एलन मस्कको स्याटेलाइट इन्टरनेट सेवा

इकागज |
फागुन १५, २०७८ आइतबार १२:३ बजे

काठमाडौँ -  रूसले युक्रेनमाथी आक्रमण सुरु गरेपछि त्यहाँ सम्पर्क गर्न कठिन भएको भन्दै विश्व धनाड्य व्यक्ति एलन मस्कले युक्रेनमा स्टारलिंक स्याटेलाइट ब्रोडब्यान्ड सेवा उपलब्ध गराएका छन् । हाल युक्रेनका विभिन्न सहरमा आक्रमणका कारण सम्पर्क विच्छेद भएका कारण मस्क यो कदम उठाएका हुन् । 

रुसी आक्रमणबाट युक्रेनको इन्टरनेट सेवामा क्षति पुगेपछि मस्कले स्टारलिंकको इन्टरनेट सेवा दिन थालेका हुन् । स्टारलिंक सेवा युक्रेनमा सक्रिय भएको र थप टर्मिनल पठाउने तयारी भइरहेको मस्क एक ट्वीट मार्फत मस्कले जानकारी दिएका छन् ।


युक्रेन सरकारका उपप्रधानमन्त्रीले ट्वीटरमार्फत मस्कलाई मेन्सन गरेर इन्टरनेट सेवा उपलब्ध गराउन आग्रह गरेको केही घण्टामै मस्कले इन्टरनेट एक्टिभ भएको भन्दै रिप्लाई दिएका थिए । यो प्रविधिबाट कम्पनीले फाइबर अप्टिक, केबल वा टावरविना स्याटेलाइटबाटै इन्टरनेट सेवा उपलब्ध गराएको छ । रूसी आक्रमणबाट विशेष गरी युक्रेनको दक्षिणी र पूर्वी भागमा इन्टरनेट सेवा प्रभावित भएको छ ।

 


Author

थप समाचार
x