विद्यार्थीले गरे खाजा कटौती गरेर शैक्षिक सामग्री वितरण
काठमाडौँ - धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-७ स्थित चक्रेश्वरी आधारभूत विद्यालयका विद्यार्थीले खाजा खर्च कटौती गरे शैक्षिक सामग्री वितरण गरेका छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीले खाजा खर्च बापत्को पैसा बचाएर साेही विद्यालयका विद्यार्थीलाई कापी, कलम, क्यालकुलेटर वितरण गरेका हुन् ।
१५० जना विद्यार्थीमध्ये विपन्न एवं जेहेन्दार २० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको सुजन बस्नेतले जानकारी दिए ।
विद्यार्थीलाई शिक्षा लिनका लागि केही सहयोग होस् भन्ने उद्देश्यले आफ्नो खाजाको रकम कटाएर सहयोग गरेको उनको भनाइ छ । विद्यार्थीलाई सहयोग गर्ने क्रमलाई निरन्तरता दिने उनले बताए ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया