शिक्षा

नीमा एकेडेमीले अनलाइन ब्रीज कोर्स सञ्चालन गर्ने

इकागज |
बैशाख १६, २०७९ शुक्रवार १२:३८ बजे

काठमाडौँ- निमा एकेडेमीले अनलाइन ब्रीज कोर्स सञ्चालन गर्ने भएको छ । एसइई परीक्षा दिएर बसेका परीक्षार्थीलाई लक्षित गरी वैशाख २० गतेबाट अनलाइन ब्रीज कोर्स सञ्चालनमा ल्याउन लागेको हो ।

एकेडेमीले सञ्चालन अनलाइन ब्रीज कोर्सबाट ग्रामीण भेगका विद्यार्थीहरू लाभान्वित हुने एकेडेमीका कार्यकारी प्रमुख, निश्चलमान प्रधानले बताए । उनका अनुसार ब्रिज कोर्ष अन्तर्गत परीक्षार्थीहरुले घरमै बसी ११ कक्षा (विज्ञान, ए-लेबल र व्यवस्थापन) संकायका लागी प्रवेश परीक्षाको तयारी गर्न सक्नेछन् ।


करिब ६ हप्ता सम्म, हप्ताको ६ दिन, २ घण्टाको दरले  हुने उक्त ब्रिज कोर्समा विज्ञान विषयका सबै सह-विषयहरु, गणित, सामान्यज्ञानका साथै अंग्रेजी पढाउने पढाइ हुन्छ,' उनले भने, ‘न्युनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिन्छ । सन्दर्भमा नीमा एकेडेमीले सुरुवाती देखि प्रविधिमा जोड दिदैँ आएको छ ।'

बिहान ७-९, दिउँसो १-३ र बेलुका ६-८ गरि तीन चरणमा कक्षा लिन सक्नेछन् । विद्यार्थीले अनलाइन मार्फत आफ्नो अनुकूलता अनुसार सहजै अध्ययन गर्न सक्नेछन् ।

अनलाइन ब्रीज कोर्सले काठमाडौँ बाहेकका अन्य शहर र  गाउँमा गुणस्तर शिक्षा प्रदान गर्ने छ । राजधानीकै गुणस्तर शिक्षा अब आफ्नै ‘कम्फर्ट जोनबाट’ पढ्न सक्ने सुविधा ल्याएको नीमा एकेडेमीका प्रमुख सञ्चालन अधिकृत, नेहा जोशीले जानकारी दिइन् ।

७२ वटा कक्षाहरू सञ्चालन हुने भएको छ | साताको ६ दिन र दिनको २ घण्टा ( २ वटा कक्षाहरू ) अनलाइन मार्फत सञ्चालन हुनेछन्।

त्यसैगरी एकेडेमीका विषयवस्तु-लेखक खिम बहादुर क्षेत्रीका अनुसार, ई-लर्निङ्ग लाई प्रश्रय दिने हेतुले प्रविधिको उच्चतम  प्रयोग गर्दै विद्यार्थीलाइ ‘रिमोट लर्निङ्ग एक्सेस’ दिने कुरामा नीमा एकेडेमीले यो २०७९ सालको शैक्षिक सत्रमा अनलाइन प्लस टु, घरबाटै इन्ट्रान्स तयारी सुरु गरेको हो। विद्यार्थीहरूले इन्टरनेट जडित जुनसुकै डिभाइसबाट पनि यो ६ हप्ते कोर्ष सहजै लिन सक्नेछन् ।

नेपालकै दक्ष र  अनुभबी शिक्षकहरुबाट अध्यापन गराइने यो प्याकेजमा विज्ञान ( भौतिक-शास्त्र, रसायन-शास्त्र, वनस्पति-शास्त्र, प्राणी-शास्त्र ), गणित, अंग्रेजी र  सामान्यज्ञान विषय पढाइ क्षेत्रीले जानकारी दिए । साथै विद्यार्थीले ११ कक्षा को प्रवेश परीक्षाका लागी तयारी गर्न सक्नेछन्।


Author

थप समाचार
x