भक्तपुरका विद्यालयमा दुई दिन बिदा नदिन नगरपालिकाको निर्देशन

काठमाडौँ– सरकारले आजबाट हप्तामा दुई दिन (शनिवार, आइतबार) बिदा दिने निर्णय गरेको थियो । तर, भक्तपुर नगरपालिकाले उक्त निर्णय लागू नगर्न विद्यालयहरूलाई निर्देशन दिएको छ ।
नगरपालिकाले आइतबार सूचना जारी गर्दै अर्को सूचना नआएसम्म दुई दिन विद्यालय बन्द नगर्न निर्देशन दिएको छ ।
‘सरकारले जेठ १ गतेदेखि लागू हुनेगरी हप्तामा दुई दिन प्रत्येक शनिबार र आइतबार बिदा दिने निर्णय भए पनि भक्तपुर नगरपालिकाबाट अर्को सूचना जारी नभएसम्मका लागि साबिक बमोजिम नै विद्यालय सञ्चालन गर्न र गराउन अनुरोध छ,’नगरपालिकाको सूचनामा भनिएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया