स्थानीय तह निर्वाचन २०७९

मध्यपुर थिमि नगरपालिकामा ज्वाइँलाई हराउँदै जेठान बने मेयर

इकागज |
जेठ ४, २०७९ बुधबार ५:१२ बजे

काठमाडौँ - मध्यपुर थिमि नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका सुरेन्द्र श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठ निकटतम् प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख एमालेका मदनसुन्दर श्रेष्ठलाई ४०६३ मतले पराजित गर्दै नगरप्रमुखमा विजयी भएका हुन् । श्रेष्ठले १५ हजार ९८ मत प्राप्त गरे भने मदनसुन्दरले ११ हजार ३५ मत प्राप्त गरे ।

उपप्रमुखमा नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले १२ हजार १ सय २ मत प्राप्त गरे । श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तरा नेपाललाई ३ हजार १३९ मतले पराजित गरे । नेपालले ८९६३ मत पाएकी छन् ।


मध्यपुर थिमि नगरको वडा नम्बर १,२,३, ५, ६ र ९ कांग्रेस, ४ र ७ एमाले, ८ वडामा नेमकिपाका उम्मेदवारले वडाध्यक्षमा विजयी हासिल गरेको छ ।

मदरसुन्दर श्रेष्ठ र सुरेन्द्र श्रेष्ठ नाताले जेठान हुन् ।


Author

थप समाचार
x