स्थानीय तह निर्वाचन २०७९

दाङको घोराही उपमहानगरमा एमालेका चौधरीको अग्रता, माओवादीका शर्माभन्दा ५०६७ मतले अगाडि

इकागज |
जेठ ४, २०७९ बुधबार १६:३९ बजे

दाङ– दाङको घोराही उपमहानगरपालिकाको मेयरमा एमालेका नरुलाल चौधरीले अग्रता फराकिलो बनाएका छन् ।

सत्ता गठबन्धनलाई पछि पार्दै मेयरमा एमालेका चौधरीले ५ हजार ६७ मतको अग्रता लिएका हुन् । पछिल्लो मतगणना अनुसार मेयरमा एमालेका नरुलालले २७ हजार ६९६ मत पाएका छन् ।


नरुलाललाई पछ्याइरहेका गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा डायमण्डले २२ हजार ६२९ मत पाएका छन् । चौधरी र शर्माबीचको मतान्तर ५ हजार ६७ मत छ । 

उपमेयरमा पनि एमालेकी हुमा डिसीले झिनो अग्रता लिएकी छिन् । एमालेकी हुमाले २६ हजार ६२८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका कांग्रेसका भुपबहादुर डाँगीले २६ हजार २०२ मत पाएका छन् । उपमेयरमा एमालेकी डिसी ४४२ मतले अघि छिन् ।  

घोराहीमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन हुँदा एमाले एक्लै चुनावी मैदानमा उत्रिएको थियो । 


Author

थप समाचार
x