स्थानीय तह निर्वाचन २०७९

शेखरको वडामा कांग्रेस दुई तिहाइ मतले विजयी

इकागज |
जेठ ४, २०७९ बुधबार १८:२२ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको वडामा कांग्रेसका अध्यक्षका उम्मेदवार दुई तिहाइ मतले विजयी भएका छन् । विराटनगर महानगरपालिका वडा नम्बर ७ मा कांग्रेसका वडाध्यक्षका उम्मेदवार मधुबाबु तिवारी एक हजार ३१२ मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी एमालेका दामोदर तिवारीले चार सय ६६ मत ल्याए । यस्तै समाजवादीका चन्द्रशेखर धाडेवालले तीन सय ९१ मत ल्याए । ​मधुबाब यसअघि पनि वडाध्यक्ष थिए । यो क्षेत्र विराटनगरको कोइरालानिवास रहेको क्षेत्र हो । 



Author

थप समाचार
x