स्थानीय तह निर्वाचन २०७९

काठमाडाैँ महानगर : २ वडामा स्थापित र एकमा सिर्जनाले लिइन् सुरूआती अग्रता

इकागज |
जेठ ५, २०७९ बिहीबार २३:३१ बजे

काठमाडाैँ – काठमाडौं महानगरपालिका मेयरका नेकपा एमाले उम्मेदवार केशव स्थापितले दुई वडामा सुरूआती अग्रता लिएका छन् भने नेपाली कांग्रेसकी मेयर उम्मेदवार सिर्जना सिंहले एउटा वडामा प्रारम्भिक अग्रता लिएकी छन्। 

पछिल्लो विवरणअनुसार स्थापितले २७ र २८ नम्बर वडामा अग्रता लिएका छन्। २७ वडामा ५०० मत गनिसक्दा उनले १७३ मत पाएका छन्। यहाँ सिर्जना सिंहले १२६ र बालेनले ६७ मत पाएका छन्। 


अहिले गणना भइरहेका १४ वटा वडामा तीन वटाबाहेक अरू सबै वडामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन्। त्यस्तै २८ नम्बर वडामा २५२१ मत गन्दा स्थापितले ६०७ मत पाएका छन्। उनलाई ६०४ मतसहित बालेनले पछ्याएका छन् भने सिर्जनाले ५७० मत पाएकी छन्।

सिर्जनाले भने एउटा वडामा सुरूआती अग्रता लिएकी छन्। उनले वडा नम्बर ८ मा सुरूवाती अग्रता लिएकी हुन्। पछिल्लो विवरणअनुसार ८ नम्बर वडाको ७०० मत गन्दा सिर्जनाले २१२ मत पाएकी छन्। यहाँ उनका प्रतिस्पर्धी बालेन शाहले १९२ मत पाएका छन् भने स्थापितले १६० मत पाएका छन्।

अहिले वडा नम्बर १, २, ३, ४ र ५ को मतगणना सकिएको छ। त्यस्तै वडा नम्बर ६, ७, ८, २७, २८, २९, ३०, ३१ र ३२ को मतगणना भइरहेको छ।  ६५ हजार ८१ मत गन्दा अहिलेसम्म बालेनले २५ हजार १८५ मत पाएका छन्। स्थापितले १३ हजार ९८ मत पाएका छन् भने सिर्जनाले १२ हजार ४६० मत पाएकी छन्।

सिंह कांग्रेसका प्रभावशाली नेता प्रकाशमानकी श्रीमती मात्रै हैन, एक् सफल नेतृ हुन् । कांग्रेसभित्र सिर्जनाको छुट्टै राजनीतिक पहिचान छ ।

उता एमालेका स्थापित राजनीतिका कुशल खेलाडी हुन् । उनले काठमाडौंको मेयर पदमा एक कार्यकाल काम गरेर  अनुभव पनि बटुलिसकेका छन् ।त्यस्तै स्वतन्त्रबाट उम्मेदवारी दिएसँगै बालेन एकाएक चर्चामा आए । पेसाले इञ्जिनियर रहेका शाहमाथि सहानुभूति नै ओइरियो काठमाडौंबासीको । 

अझैसम्म उनकाे अग्रता कायम हुनुले पनि स्थापित दलका उम्मेदवारकाे शीर  निहुरिएकाे छ । चुनावी मतपरिणामले एमालेका केशव र कांग्रेसकी सिंह निरीह बनेका छन् ।

चुनावी अभियानका क्रममा बालेनकाे क्रेजमाथि अनेक धावा बाेलेका उनीहरुमाथि नै अहिले उनै बालेन हावी भएका छन् । उनले देशकै प्रमुख राजनीतिक दल । जसको संगठन बलियो छ । सरकार छ । उनैलाई मतगणनाको सुरुआतीदेखि नै पछाडि पारिरहेका छन् । उनको अग्रता कायमै छ । यीबाहेक अन्य राजनीतिक दल अनि स्वतन्त्रबाट पनि महानगर हाँक्ने सपनाका साथ धेरैले नेतृत्वका लागि चुनावी मैदानमा होमिएका छन् । 


Author

थप समाचार
x