जनकपुरधाम उपमहानगर : कांग्रेसका बागीको अग्रता, गठबन्धनबाट जसपाका उम्मेदवार पाँचौँ
जनकपुर- जनकपुरधाम उपमहानगरपालिको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज साहले अग्रता लिएका छन् । उनले ६२९१ मत ल्याएका छन् । त्यस्तै नेकपा एमाले उम्मेदवार शिवशंकर साह हिराले ४१२३ मत ल्याएका छन् ।
त्यस्तै लोसपाका मनोज चौधरीले २६४७ ल्याएका छन् । जसपाका लालकिशोर साहले १८३८ ल्याएका छन् । स्वतन्त्रका बलराम महतो २१५३ मत ल्याएका छन् ।
त्यसैगरी उपमेयरमा कांग्रेसकी किशोरी साह ६९६६ मत ल्याएका छन् । एमालेकी रुना झाले ४७०३ मत ल्याएकी छन् भने लोसपाकी रिताकुमारी मिश्रले २७०८ मत ल्याएकी छन् । अर्का स्वतन्त्र निर्मल चौधरीले २१९१ मत ल्याएका छन् ।
१३ वटा वडाको सम्पन्न मतगणना अनुसार ७ वटा वडामा कांग्रेस, ३ वटामा एमाले र स्वतन्त्र, तमलोपा, लोसपाका १/१ वटा उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसले वडा नं. १, २, ४, ६, ७, ९, २५ , एमालेले वडा नं. ५, ८, २४, तमलोपाले ३, साईकल २२ र स्वतन्त्र भनिएका कांग्रेसका बागी उम्मेदवार वडा नं. २३ बाट निर्वाचित भएका छन ।
जनकपुरधाममा सत्तागठबन्धनबाट मेयरमा जसपाका लालकिशोर उम्मेदवार हुन् भने उपमेयरमा कांग्रेसकी किशोरी हुन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया