स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुको मतान्तर घट्यो

इकागज |
जेठ ६, २०७९ शुक्रबार १०:२८ बजे

चितवन - भरतपुर महानगरपालिका मेयरमा माओवादी केन्द्रका उम्मेदवार रेणु दाहालको मतान्तर घटेको छ । ५५ हजार ६८०  मतगणना हुँदा उनले ३ हजार २६७ मतान्तर कायम गरेकी छन् । यसअघि बिहानसम्म ३३ सय ४० को मतान्तर थियो । 

गठबन्धनबाट उम्मेदवार बनेकी दाहालले २१ हजार ८५ मत पाउँदा एमाले उम्मेदवार विजय सुवेदीले १७ हजार ८१८ मत पाएका छन् । कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ हजार २६ मत पाएका छन् ।


उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले २३ हजार ४८७ मत पाउँदा राप्रपाका हिमला गुरुङको मत १४ हजार १४४ मत पाएकी छन् ।

 

 


Author

थप समाचार
x