स्थानीय तह निर्वाचन २०७९

कपिलवस्तुको कृष्णनगरमा कांग्रेसको नेतृत्व

इकागज |
जेठ ६, २०७९ शुक्रबार १७:२८ बजे

काठमाडौँ- कपिलवस्तुको कृष्णनगर नगरपालिकाको प्रमुख तथा उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा रजतप्रताप शाहले ५ हजार ६ सय ६ मत प्राप्त गरी प्रतिस्पर्धी राप्रपाका उम्मेदवार दीपक रजौरीयालाई १ हजार ४ सय ९४ मतान्तरले पराजित गरेका हुन् । 

विसं २०७४ को निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ विजयी भएका शाह निर्वाचनको केही समयअघि कांग्रेसमा प्रवेश गरेका थिए । त्यस्तै उपप्रमुखमा पनि जनता समाजवादीका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका उम्मेदवार आरतीदेवी चौधरीले ५ हजार ६ सय ९१ मतसहित विजय हासिल गरेका थिए । 


कृष्णनगरका १२ वडामध्ये एमाले र कांग्रेसले ३/३, माओवादी र जसपाले २/२ तथा राप्रपा र बहुजन शक्ति पार्टीले १/१ वडा जितेका छन् ।


Author

थप समाचार
x