स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा विजय भर्सेज रेनु : रातभरको मत बराबरी

इकागज |
जेठ ७, २०७९ शनिवार ४:४ बजे

काठमाडौं– गएको वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना अझै जारी छ । ७५३ स्थानीय तहमध्ये ६८२ स्थानको अन्तिम मत परिणाम सार्वजनिकसमेत भइसकेको छ ।

सार्वजनिक मत परिणामअनुसार कांग्रेस सबैभन्दा अगाडि छ  । उसलाई एमालेले पछ्याइरहेको हो ।


मतदान गरिएको साता बितिसक्दा पनि हालसम्म एक  महानगरपालिकाको मात्रै मत परिणाम आइसकेको छ । विराटनगर महानगरपालिकामा कांग्रेसका नागेश कोइरालाले विजयी हासिल गरे ।

सबैभन्दा धेरै चासोका रुपमा हेरिएको भरतपुर महानगरपालिकामा पनि मतगणना जारी छ । पछिल्लो समय प्रचण्डपुत्री तथा मेयरकी उम्मेदवार रेनु दाहाललाई एमालेका मेयरका उम्मेदवार विजय सुवेदीले मतान्तर बढाउन दिएका छैनन् । शुक्रबार साँझ रेनुसँग विजयको मतान्तर ४ हजारको हाराहारीमा थियो । अहिले पनि मतान्तर उस्तै छ ।

पछिल्लो मत परिणाम अनुसार रेनुको मत २४६६० छ । उनलाई एमालेका विजयले पछ्याइरहेका छन् ।  विजयको मत २०६६३ छ । शनिबार बिहानसम्म मतान्तर उही हुनुले रातभर गणना गरिएको मत दुवैलाई बराबरी आएको देखिन्छ ।
यहाँ स्वतन्त्रबाट उम्मेदवारी दिएका जगन्नाथ पौडेलले बरु मत बढाएका छन् । उनले हालसम्म ८८४० मत ल्याएका छन् ।
 


Author

थप समाचार
x