स्थानीय तह निर्वाचन २०७९

काठमाडौँ महानगर : बालेनले ३३२६० मत ल्याउँदा केशव-सिर्जनाको मतान्तर ११३

इकागज |
जेठ ७, २०७९ शनिवार ८:४३ बजे

काठमाडौँ- काठमाडौँ महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता कायम राखेका छन् । शाहले लौरो चिन्हबाट शाहले ३३२६० मत ल्याएका छन् ।

एमालेका केशव स्थापितले १७६९२ मत पाएका छन् । शाह र स्थापितको मतान्तर १५५६८ रहेको छ ।


त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले १७५७९ मत प्राप्त गरेकी छिन् । स्थापित र सिर्जनाको मतान्तर भने ११३ रहेको छ ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोलले २६५७५ मत पाएकी छन् । समाजवादीका रामेश्वर श्रेष्ठले ८५९१ मत पाएका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३६२३ मत पाएकी छन् ।

 हाल मत गणना जारी छ ।


Author

थप समाचार
x