स्थानीय तह निर्वाचन २०७९

पोखरामा आचार्यकै अग्रता, एमालेका थापाभन्दा ३३८७ मतले अगाडि

इकागज |
जेठ ७, २०७९ शनिवार १४:४ बजे

काठमाडौं – पोखरा महानगरपालिका सत्तारुढ गठबन्धनबाट मेयर उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रता फराकिलो बनाइरहेका छन् । मुख्य निर्वाचन अधिकृत कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार आचार्य निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाभन्दा ३ हजार ३ सय ८७ मतले अगाडि छन् । 

हालसम्म गनिएको ८५ हजार १ सय ५७ मतमा आचार्यले ३४ हजार ३ सय ३६ मत प्राप्त गरेका पहिलो स्थानमा छन् भने थापाले ३० हजार ९ सय ४९ मत प्राप्त गरेर दोस्रो स्थानमा छन् । 


त्यस्तै, राप्रपाका शंकर खराल ३ हजार ८ ३५ मतले तेस्रो स्थानमा छन् भने स्वतन्त्र उम्मेदवार गनेस पौडेल २ हजार ३ सय ३५ मतेले चौथो स्थानमा छन् । 

उपमेयरमा भने एमाले सत्तारुढ गठबन्धनभन्दा अगाडि छ । एमालेकी उपमेयर उम्मेदवार मञ्जुदेवी गुरुङले ३५ हजार ३ सय १२ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोपिला रानाभाट ३४ हजार ८ सय ४७ मत ल्याएर गुरुङलाई पछ्याइरहेकी छन् । गुरुङ कांग्रेसकी रानाभाटभन्दा ४ सय ६५ मतले अगाडि छिन् । 

त्यस्तै, राप्रपाबाट उपमेयर उम्मेदवार रञ्जना सेन ३ हजार ७ सय ३६ मतसहित तेस्रो स्थानमा छिन् । 

गत वैशाख ३० गते सम्पन्न निर्वाचनमा पोखरा महानगरमा १ लाख ४३ हजार २ सय २६ मत खेसेको थियो । २०७४ को निर्वाचनमा पोखराको मेयर एमालेले जितेको थियो । 
 


Author

थप समाचार
x