स्थानीय तह निर्वाचन २०७९

भरतपुरमा रेनुले ५ हजार ७३३ मतले विजयलाई पछि पारिन्

इकागज |
जेठ ७, २०७९ शनिबार १४:१६ बजे

चितवन- भरतपुर महानगरपालिकामा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले ५ हजार ७ सय ३३ अग्रता कायम गरेकी छन् । हालसम्म महानगरमा ७६ हजार ९५ मत गणना भइसकेको छ । दाहालले २९ हजार ४ सय ७८ मत प्राप्त गरेकी छन् ।

नेकपा एमालेका उम्मेदवार बिजय सुवेदीले २३ हजार ७ सय ४५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १० हजार ३ सय ३४ मत पाएका छन् ।


त्यस्तै उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ३१ हजार ८२४ र राप्रपाकी हिमला गुरुङले १८ हजार ४ सय १ मत पाएकी छन् ।

महानगरको २९ वडामा कुल मत १ लाख २७ हजार ५ सय ६६ मत खसेको छ । मतदाताको ६८ दशमलव ६८ प्रतिशत मत खसेको थियो ।


Author

थप समाचार
x