स्थानीय तह निर्वाचन २०७९

काठमाडौंमा स्थापितलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिइन् सिंह, पहिलो स्थानमा भने बालेनै

इकागज |
जेठ ७, २०७९ शनिबार १७:१० बजे

काठमाडौं – काठमाडौं महानगरपालिकाको मेयरको प्रतिस्पर्धामा तेस्रो स्थानमा रहेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा उल्किएकी छन् । सिंह आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितलाई ३६ मतले पछि पार्दै दोस्रो स्थानमा आएकी हुन् ।

अहिलेसम्म सिर्जनाको १९ हजार १४९ भोट आएको छ भने स्थापितले १९ हजार १ सय ४९ भोट ल्याएका छन् । पहिलो स्थानमा भने स्वतन्त्र उम्मेदवार बालेन शाह नै रहेका छन् ।


लौरो चुनाव चिह्न पाएका बालेन ३४ हजार ८४८ मतसहित दुवैलाई धेरै पछाडि छाडेर अगाडि बढिरहेका छन् । 

अहिले काठमाडौंको ९ वटा वडामा मतगणना भइरहेको छ । जसमध्ये ७ वटा वडामा बालेन र दुई वटा वडामा स्थापितले अग्रता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयको पछिल्लो विवरणअनुसार हालसम्म ९६ हजार ६४९ मतको गणना भएको छ । यो खसेको कुल मतको झन्डै आशा हिस्सा हो । 

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ८९ हजार ४२० मत खसेको थियो । 

 


Author

थप समाचार
x