स्थानीय तह निर्वाचन २०७९

कामपा २७ मा कांग्रेसका खड्गी विजयी

इकागज |
जेठ ७, २०७९ शनिबार २०:२८ बजे

फाइल फोटो

काठमाडौँ - काठमाडौँ महानगरपालिका–२७ मा नेपाली कांग्रेसका उम्मेदवार योगेशकुमार खड्गी अध्यक्ष पदमा विजय भएका छन् । खड्गी नेकपा (एमाले) का चिनियामान बज्राचार्यलाई २३८ मतले पछि पार्दै वडाध्यक्षमा विजय भएका हुन् । 

खड्गीले एक हजार ५४१ मत प्राप्त गर्दा बज्राचार्यले एक हजार ३०३ मत प्राप्त गरेका हुन् । त्यसैगरी सदस्यमा नेपाली कांग्रेसका तर्फबाट दिनेश श्रेष्ठ र धर्म प्रजापति विजयी भएका छन् । 


महिला सदस्यतर्फ कांग्रेसकै सृष्टी कंसाकार विजय भएक छन् । दलित महिला सदस्यमा एमालेका तर्फबाट आफ्नो उम्मेदवारी दिएकी प्रभा परियार यसअघि नै निर्विरोध निर्वाचित भएकी छिन् । वडा नं २७ सँगै कामपाका अन्य तीन वडामा पनि दलित महिला सदस्य निर्विरोध रुपमा चयन भइसकेका छन् ।  

हाल कामपा वडा नं १, २, ३, ४, ५, ६, ८, २७, २८, २९, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ७, ९, १०, २३, २४, २५, २६, २७ र ३१ को मतगणना जारी छ । कामपामा अहिले ९० हजारभन्दा बढी मतगणना सम्पन्न भइसकेको छ । कूल मतदाता तीन लाख २४२ रहेकामा जम्मा ६३ दशमलव ४९ प्रतिशतले मतदान गरेको आयोगले जनाएको छ । 
रासस


Author

थप समाचार
x